शासनका आधारभूत पक्षहरू « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शासनका आधारभूत पक्षहरू


१८ आश्विन २०७७, आइतबार


पृष्ठभूमि
शासन राजनीतिको अवयव हो l निरन्तर रूपमा विभिन्न कालखण्डमा शासनका श्रोत, शैलीमा परिवर्तन भए पनि शासन अकाट्य सत्य हो l शासनको मूल श्रोत शक्ति नै हो l शुरुवाती चरणमा शासन दैवी शक्तिलाई शासनको मूल श्रोत मानिन्थ्यो l त्यसैले राजा वा धर्म गुरु लाई दैवी शक्तिको प्रतिनिधि मानेर शासनको अधिकारी मानिन्थ्यो l

उनीहरूलाई धर्मको अधिकारी मानिन्थ्यो l धर्मका आधारमा शासन गरिन्थ्यो l भारत वर्षमा राजालाई नै विष्णुको अंश मानेर शासनको अधिकार हुन्थ्यो l युरोपमा दैवी शक्ति राजा वा धर्मगुरु कसमा हुने भन्ने ? विषय लामो समय विवादको विषय रहेको थियो l जुन विवादको संघर्षले आधुनिक लोकतन्त्रको विकास भएको पाइन्छ l ५ हजार वर्ष अगाडी मानव सभ्यताको सुरुवातसँगै शासनका केही प्रारूपहरू सुरु भएको पाइन्छ l त्यति बेला मानव जातिको अस्तित्व जोगाउनु उक्त प्रारूपको उद्देश्य रहेको थियो l पाँचौँ शताब्दीमा ग्रिसको एथेन्स नगरबाट लोकतान्त्रिक शासन प्रजातन्त्रको रूपमा उदय भएको पाइन्छ l एथेन्समा गणराज्यको अभ्यास भएको थियो l गणराज्यको सो अवधारणामा अन्ततः राजतन्त्रको रूपमा विकास भएको पाइन्छ l प्राचीन रोम साम्राज्यको उदयसँगै राजतन्त्र, सेना, चर्चद्वारा शासन गर्ने प्रणालीको विकास भएको पाइन्छ l उक्त शासनमा प्रतिरक्षा, राज्यको विस्तार, शान्ति-सुरक्षा शासनका प्रमुख प्राथमिकता थिए l समय चक्र अनुसार नयाँ प्रकृतिका शासन व्यवस्थाहरू विकास हुँदै गए l

शासनको विकासक्रमका महत्त्वपूर्ण प्रयासहरू
-सन् १२१५ बेलायतमा जारी म्याग्नाकार्टाले शासनको केन्द्रबिन्दुमा नागरिक स्वतन्त्रताको मान्यता स्थापित गरेको,
-सन् १६८८/१६८९ मा बेलायतमा जारी Bill of Right ले संसदीय सर्वोच्चताको मान्यतालाई स्थापित गरेको,
-सन् १९८७ मा अमेरिकाको संविधानले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्त सहित अध्यक्षात्मक, संघिय लोकतान्त्रिक शासन, गणतान्त्रिक शासन प्रणालीको आरम्भ गरेको,
-सन् १७८९मा फ्रान्सेली क्रान्तिले निरङ्कुश राजतन्त्रको अन्त्य गरी जनताको शासन स्थापित गरेको,
-१८ औँ शताब्दीको अन्त्यतिर औद्योगिक क्रान्तिको विकाससँगै निजी क्षेत्र पनि शासनको पात्रको रूपमा स्थापित भएको,
-सन् १९३०को आर्थिक मन्दीपछि किन्सियन अर्थशास्त्रको बजारमाथि राज्यको नियन्त्रणको मान्यतालाई शासनमा अवलम्बन गरिएको,
-सन् १९४५ दोस्रो विश्व युद्धको समाप्ति र उपनिवेशवादको अन्त्यसँगै बहुस्तरीय शासनको सुरुवात भएको,
-सन् १९८० को दशकमा विकसित उदारीकरणको मान्यताले शासनको मान्यता आएको,
-सन् १९९० को दशकमा विकसित नयाँ सार्वजनिक व्यवस्थापनले निजी क्षेत्रका सफलतम अभ्यासलाई सार्वजनिक व्यवस्थापनमा भित्राउने काम भएको,
-सन् १९९० दशक पछि लोकतान्त्रिक शासन प्रणालीको विश्वव्यापी विस्तार, नागरिक समाज,आमसञ्चारको तीव्र विकास र सुचना-प्रबिधिको उच्चतम प्रयोग र विकास भएको,
-सन् २००२ पछि नयाँ सार्वजनिक प्रशासनको मान्यताले जनताको वरिपरि पुगेर सेवा प्रवाह गर्नुपर्ने मान्यताको विकास भएको,
हाल शासन प्रणालीमा बिद्धुतीय शासन, सुशासन, सहकारितामूलक शासन,अनौपचारिक शासनजस्ता मान्यता आएको,सरकारको भूमिका सहजकर्ता, प्रवर्द्धक र नियामक रूपमा सीमित भएको l

शासनको अर्थ
-सरकार आफू प्रमुख पात्रकारूपमा रही निजी क्षेत्र र गैर सरकारी क्षेत्रसँग सहकार्य र साझेदारीको कार्य गर्ने पद्धति हो l
-सार्वजनिक मामलाहरूको व्यवस्थापनमा संलग्न सबै संरचना, पात्र र कार्यहरूको समष्टि नै शासन हो l
-राज्यको नीति निर्माण वा निर्णय गर्ने र सोको कार्यान्वयन गर्ने प्रक्रिया हो l
-शासन राज्य सञ्चालन गर्ने पद्धति हो l
-राजनीति, प्रशासन र समाजबीचको संयोजन र सम्बन्ध हो l
-कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले गर्ने समग्र क्रियाकलाप हो l
-कानुन उल्लङ्घन गर्नेलाई भय शक्तिको प्रयोग गर्ने माध्यम हो l
-राज्य नियमन, व्यवस्थापन, जनपरिचालन र सेवा प्रवाह गर्ने वैधानिक तरिका नै शासनको मूल मर्म हो l
-सरकारले गर्ने नियमित, आकस्मिक तथा विकासात्मक गतिविधिको समग्रता हो l

शासनका आधारभूत पक्षहरू

शासन सञ्चालनका आधारभूत नियम वा सर्वमान्य मान्यताहरू

शासनका विशेषताहरू
शासन समय,परिस्थिति र भू-राजनीतिक अवस्था अनुसार फरक फरक हुने गर्छ l तर शासनका मूलभूत विशेषतालाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ l

शासनको उद्देश्यहरू
राजनैतिक उद्देश्य –
-नागरिकको जीउ,धन,समानता र स्वतन्त्रताको संरक्षण गर्ने l
-मौलिक हक,मानवअधिकारको संरक्षण गर्ने l
-राज्यको भौगोलिक अखण्डता,सार्वभौमसत्ता र स्वाधीनताको संरक्षण गर्ने l

आर्थिक उद्देश्य-
-आर्थिक असमानताको अन्त्य गर्ने
-समाजवाद स्वतन्त्र र सम्बृद अर्थतन्त्रको विकास गर्ने
-दिगो आर्थिक विकास गर्ने
-आर्थिक उपलब्धिको न्यायोचित वितरण गर्ने

अन्य उद्देश्य-
-प्राकृतिक स्रोतसाधन र वातावरणको संरक्षण गर्ने
-कानुनी राज्य स्थापना गर्ने
-मुलुकमा सुशासन कायम गर्ने
-अन्य आकस्मिक कार्यहरू गर्ने

-सामाजिक तथा सांस्कृतिक उद्देश्य-
-सबै प्रकारका विभेद शोषण र अन्यायको अन्त्य गर्ने
-सभ्य,समतामूलक समाजको निर्माण गर्ने
-अनुशासन,मर्यादा र सहिन्णूतामा आधारित सामाजिक तथा सांस्कृतिक मूल्यहरूको विकास गर्ने
-सांस्कृतिक विविधताको सम्मान गर्ने

कूटनैतिक उद्देश्य-
-सार्वभौम समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने
-विश्व समुदायमा राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने

शासनका नवीनतम मूल्य-मान्यता प्रवृत्ति

अन्तमा
समयक्रमसंगै शासनका पात्र र प्रवृत्तिमा परिवर्तन हुने गरेको पाइन्छ l आत्मनिर्भरताबाट अन्तरनिर्भरतातर्फ अग्रसर हुँदा शासनका पात्रहरूको सङ्ख्या र स्वरूपमा परिवर्तन हुने गर्छ l मूल रूपमा शासनको प्रत्यक्ष पात्र सरकार नै हो l सरकारका साथै निजी क्षेत्र गैर-सरकारी क्षेत्र पनि शासनका पात्र हुन् l शासन प्रणालीलाई जीवन प्रणालीको रूपमा विकास गर्नु पर्छ l शासनका पात्र र तह बीच सहकार्य,समन्वय समझदारी कायम गरी शासनको विकृतिको निराकरण गर्नुपर्छ l

 

 

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस