प्रतिनिधिसभा र राष्ट्रियसभाबीच समानता र भिन्नता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रतिनिधिसभा र राष्ट्रियसभाबीच समानता र भिन्नता


५ आश्विन २०७७, सोमबार


विषय प्रवेशः
राज्यको व्यवस्थापकीय कार्य गर्ने संघीय व्यवस्थापिका संसद्को दुई अन्योन्याश्रित अङ्ग हुन् प्रतिनिधिसभा र राष्ट्रियसभा। यी दुवैको साझा उद्देश्य विधायीकी कार्यको व्यवस्थित कार्य सम्पादन गर्नु, सरकारका काम कारबाहीको ओभरसाइट गर्नु, राज्य कोष माथि नियन्त्रण कायम गर्नु, सरकारलाई सही बाटोमा हिँडाउनु, जनताको प्रतिनिधित्व गर्नु तथा कानुन निर्माण गर्नु हो।

नेपालमा हालसम्म जारी भएका संविधानहरूमा नेपालको वैधानिक कानुन २००४, नेपाल अधिराज्यको संविधान २०१५, नेपाल अधिराज्यको संविधान २०४७ र गणतान्त्रिक नेपालको संविधान २०७२ ले नेपालको व्यवस्थापिकालाई दुई सदनात्मक भनी व्याख्या गरेको पाउन सकिन्छ।

वर्तमान संविधानको धारा ८३ मा प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको एक संघीय व्यवस्थापिका रहनेछ । जसलाई संघीय संसद् भनिनेछ भन्ने कुरा उल्लेख गरिएको छ। जसमध्ये प्रतिनिधि सभामा नेपालको जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा जनताको प्रत्यक्ष निर्वाचनद्वारा निर्वाचित जनप्रतिनिधि जम्मा १६५जना र सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई दिएको मतको आधारमा समानुपातिक प्रणाली अन्तर्गत ११० जना गरी जम्मा २७५ जनाको एक प्रतिनिधिसभा रहेको व्यवस्था उल्लेख गरेको छ।

अर्को स्थायी सदनको रूपमा राष्ट्रियसभा रहने भनी संविधानको धारा ८६ मा उल्लेख गरिएको छ। जसमा ५९ सदस्य रहने व्यवस्था उल्लेख गरिएको छ। प्रदेशसभाका सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखसहितको निर्वाचन मण्डलद्वारा निर्वाचित भएको प्रत्येक प्रदेशबाट ३ जना महिला १ जना दलित १ जना अपाङ्ग हुने गरी जम्मा ८ जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने ३ जनामध्ये १ जना महिला हुने व्यवस्था रहेको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभा बीच समानता :प्रतिनिधिसभा र राष्ट्रियसभा संघीय व्यवस्थापिकाका फरक फरक अङ्ग हुन् । यद्यपि यिनीहरूले गर्ने कामको मकसद भने एउटै रहेको छ। यी दुवैमा रहेको समानतालाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ :
– दुवै सदन नेपाल सरकारको विधायिकी कार्य सम्पादनको लागि गठन भएका जनप्रतिनिधिमूलक संस्था हुन्।
– दुवै सदनमा समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई अबलम्वलन गरेको पाइन्छ।
– वार्षिक बजेट, नीति तथा कार्यक्रमलगायतका कार्य दुवै सदनको संयुक्त बैठकबाट सम्पादन गरिन्छ।
– अर्थ विधेयकबाहेक अन्य विधेयक दुवै सदनमा प्रस्तुत गर्न सकिन्छ।
– दुवै सदनको अधिवेशनको आह्वान र अन्त्य राष्ट्रपतिद्वारा हुने गर्दछ।
– साझा कार्यको सहकार्यात्मक ढङ्गले सम्पादन गर्न, संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गरी दुई संयुक्त समितिको गठन गरिएको छ।
– दुवै सदनको व्यवस्थापन कार्यविधि र कार्य सञ्चालन कार्यविधि उस्तै प्रकारको रहेको छ।
– दुवै सदनको बैठक बस्नको लागि निश्चित गणपूरक सङ्ख्या (एक चौथाइ)को आवश्यक पर्दछ।
– दुवै सदनको प्रशासनिक कार्य सञ्चालन संसद् सचिवालयद्वारा हुन्छ।
– दुवै सदनका अध्यक्ष र सभामुख तटस्थ रहन्छन्।
– दुवै सदनका सदस्य मन्त्री बन्न योग्य रहन्छन्।

भिन्नता :
माथि उल्लेखित कुराहरूमा समानता रहेता पनि यी दुई सदनका बीचमा केही भिन्नता पनि रहेको छ । जुन देहाय बमोजिम उल्लेख गर्न सकिन्छ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा अन्तरसम्बन्धमा देखिएका केही समस्याहरू :
प्रतिनिधिसभा र राष्ट्रियसभा एक अर्काका परिपूरक हुन्। संवैधानिक सर्वोच्चतामा ध्यान दिन्छन्। पारस्परिक सहयोगको दिशामा उन्मुख हुन्छन्। सँगै बसेर काम गर्दछन्। यी दुवै न कुनै ठुला र न कुनै साना हुन्। दुवैको संरचना, कार्य प्रक्रिया र अन्तरसम्बन्धलाई सहयोगात्मक, समन्वयात्मक हुने गरी गठन गरिएका छन्। तर पनि कहिले काहीँ यी दुई बीचमा अन्तर्विरोध र समस्या उत्पन्न हुने गरेको भन्ने जनगुनासो आइरहेको सुनिन्छ। जुन देहाय बमोजिम उल्लेख गर्न सकिन्छ:
– कानुन निर्माणमा प्रतिनिधिसभाको भूमिका निर्णायक र राष्ट्रियसभाको भूमिका सहायकको जस्तो भई मनोवैज्ञानिक सन्तुलन हुन नसक्नु।
– दुवै सदनमा अलग अलग पारित हुनु पर्ने विधेयक/प्रस्तावमा समन्वय कायम गर्ने संयन्त्रको कमी रहनु,
– संस्थागत समन्वयको कमीका कारण कार्यमा दोहोरोपन देखा पर्नु,
– दुवै सदनको संयुक्त बैठकमा सहमतिभन्दा पनि बहुमतीय निर्णयलाई बढी महत्त्व दिनु,
– दुवै सदनको अन्तरसम्बन्ध सुदृढीकरणमा सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको भूमिका प्रभावकारी बन्न नसक्नु,
– दुवै सदनहरू श्रोत तथा साधन (आर्थिक, प्राविधिक, जनशक्ति, भौतिक, सूचना)को कमी हुनु,
– संसदीय अभ्यासमा सबल भएका अन्तर्राष्ट्रिय विधि पद्धतिको अनुसरण तथा आन्तरिकीकरण गर्न नसक्नु,

सन्दर्भसारः
प्रतिनिधिसभा र राष्ट्रियसभा एक अर्कामा अन्तर सम्बन्धित व्यवस्थापकीय अङ्ग हुन्। यी दुवैको आफ्नो महत्त्व र विशेषता रहेका छन् । कुनै एक अङ्गको सबलता, कुशलताले अर्को अङ्गको सुन्दरता झल्कन्छ। यिनीहरू सांसद सङ्ख्याको आधारमा ठुलो र सानो देखिएतापनि कार्य क्षेत्रमा आफ्नो छुट्टै भूमिका तथा महत्त्व रहेको पाइन्छ। स्रोत साधन अभाव, समन्वयात्मक कार्यशैलीको अभावको कारणले कहिले काहीँ समस्या उत्पन्न हुने गरेतापनि एकअर्का बीचमा समन्वयात्मकरुपमा अगाडी जानु आजको आवश्यकता देखिन्छ।

प्रतिक्रिया दिनुहोस