‘विप्लव’ समूहका नेता भुजेल र पौडेल रिहा, छुटेसँगै फरार, पुलिसलाई तनाव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘विप्लव’ समूहका नेता भुजेल र पौडेल रिहा, छुटेसँगै फरार, पुलिसलाई तनाव


१४ भाद्र २०७७, आइतबार


सप्तरी । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता उमा भुजेल र सुमनसिंह पौडेल आज सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका छन्।

सर्वोच्च अदालतको आजैको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एसोसिएसनको रोहवरमा उनीहरुलाई रिहा गरे पनि अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिर फरार भएका हुन् ।

बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले आज अपराह्न ५ बजे रिहा गर्ने आदेश गरेबमोजिम उनीहरुलाई आज साँझ प्रहरी नियन्त्रणबाट मुक्त गरिएका थिए ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भुजेल र पौडेलमाथि सप्तरीको भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोप लगाउँदै यही भदौ ४ गते मुद्दा चलाएको थियो। जिल्ला अदालत सुनसरीले भदौ २ गते पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेलगत्तै उनीहरु पक्राउ थिए।

सरकारले चन्द नेतृत्वको गतिविधिमाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ। आठ महिनाको अवधिमा भुजेल १२औं पटक पक्राउ परिसकेकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस