त्रिवि शिक्षण अस्पताल ४५ दिने शिशुमा पनि देखियो कोरोना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

त्रिवि शिक्षण अस्पताल ४५ दिने शिशुमा पनि देखियो कोरोना संक्रमण


१६ असार २०७७, मंगलबार


काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया गरिएका शिशुमा कोरोना संक्रमण पुष्टि भएको कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले बताए ।

सल्यक्रिया गर्नुअघि उनको थ्रोट स्वाव संकलन गरी अस्पतालमै पीसीआर परीक्षण गरिएको थियो । उनको परीक्षण रिपोर्ट नकुरीकनै शुरक्षा अपनाएर शल्याक्रिया गरिएको डा. दासले बताए ।

आज उनको रिपोर्ट पोजेटिभ आएको हो । शिशुको स्थायी घर म्याग्दी हो ।

यसअघि सोमबार ललितपुरमा अढाइ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पनि मेडसिटी अस्पतालमा शल्यक्रिय गर्नुअघि स्वाब संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस