राष्ट्रपति, प्रधानमन्त्रीदेखि विशिष्ट व्यक्तित्वलाई नयाँ नक्सा हस्तान्तरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति, प्रधानमन्त्रीदेखि विशिष्ट व्यक्तित्वलाई नयाँ नक्सा हस्तान्तरण


१० जेष्ठ २०७७, शनिबार


काठमाडौँ । नेपाल सरकारले बिहीबार सार्वजनिक गरेको नेपालको अद्यावधिक(राजनीतिक तथा प्रशासनिक) नक्सा राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रवार मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गरेकी हुन्

त्यसैगरीमन्त्री अर्यालले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेकी छिन् ।

गएको जेठ ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा स्वीकृत गरेको थियो ।

मन्त्रीपरिषद्ले नक्सा स्वीकृत गरेपछि बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रूपमा नक्सा सार्वजनिक गरेको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस