थप १३ जनामा कोरोना संक्रमण « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

थप १३ जनामा कोरोना संक्रमण


७ जेष्ठ २०७७, बुधबार


काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार रुपन्देही १ र कपिलवस्तुका १२ जनामाकोरोना संक्रमण पुष्टि भएको हो।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशाला स्रोत जनाएको छ ।

उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्‍ति हुन् । रुपन्देहीको बेलहिया नाकाबाट प्रदेश सरकारकै समन्वयमा आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिएको छ ।

यसबारे स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी दिइसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस