कोरोना रोकथाम उच्चस्तरीय समिति बैठक जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना रोकथाम उच्चस्तरीय समिति बैठक जारी


४ जेष्ठ २०७७, आइतबार


काठमाडौँ । कोरोना भाइरस(कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सुरु भएको छ। उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समिति बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा सुरु भएको हो।

बैठकमा, कोरोना नियन्त्रणमा भइरहेका प्रयास, लकडाउनको प्रभावकारिता, लकडाउनको समय थप गर्नेलगायत विभिन्न विषयमा छलफल गर्दै छ। उच्चस्तरीय समितिकै सिफारिसमा आजै बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको निर्णय गर्ने तयारी छ।

सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रो पटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो। पछिल्लो पटक थपेको लक डाउनको समय भोलि सकिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस