धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाका परिवारको स्वाब संकलन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाका परिवारको स्वाब संकलन


३ जेष्ठ २०७७, शनिबार


काठमाडौँ । धुलिखेल अस्तपालमा मृत्यु भएकी महिलाको आफन्तको स्वाब परीक्षण सुरु गरिएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ बर्षिया महिलाको बिहीबार राति १० बजे उपचारको क्रममा मृत्यु भएको थियो ।

स्वासप्रस्वासमा समस्या र ज्वरो पनि देखिएपछि धुलिखेल अस्पतालले मृतक महिलाको स्वाब शुक्रबार बिहान निकालेर पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना देखिएको स्रोतले जनाएको छ । पुनः परीक्षणको लागि टुक स्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको छ ।

शनिबार दिउँसो मृतकका श्रीमान, सासु, नन्द र बच्चाको स्वाब निकालिसकेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस