संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै(लाइभ) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै(लाइभ)


२ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । संघीय संसद्‍को संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ ।

राष्ट्रपति भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम बिगतको तुलनामा फरक शैलीमा पेश गर्ने छन् ।

नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । यसअघि संसदमा पूर्वबजेट छलफल भइसकेको छ ।

कोरोना भाइरसको जोखिमका कारण विगत वर्षको नीति, कार्यक्रम प्रस्तुत हुँदाका बखत जस्तो धेरै पाहुनालाई आमन्त्रण गरिएको छैन भने दर्शक र सञ्चारकर्मीको उपस्थिति पनि पातलो छ । बैठकका गतिविधिलाई विभिन्न राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

यसअघि सांसद्हरुको कोरोना भाइरस परीक्षण गरिसकिएको छ भने हरेक बैठकमा प्रवेश बैठककक्ष बाहिर तापक्रम जाँच र स्यानिटाइजर लगाउने प्रबन्ध गरिएको छ । भौतिक दूरीसहित तर्जुमा गरिएको बैठक कक्षा सांसद सबैले मास्क लगाएर प्रवेश गरेका छन् ।

राष्ट्रपतिको सम्बोधन सकिएपछि साँझ ६ बजे दोस्रो बैठक बस्ने कार्यतालिका तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस