नेकपाको सचिवालय बैठक वालुवाटारमा बस्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेकपाको सचिवालय बैठक वालुवाटारमा बस्दै


२ जेष्ठ २०७७, शुक्रबार


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक शुक्रबार विहान बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान साढे ८ बजे बैठक राखिएको एक नेताले जानकारी दिए ।

नेकपाले वैशाख ३१ गते बोलाएको स्थायी कमिटी बैठक स्थगित भएपछिको अवस्था बारे सचिवालय बैठकमा छलफल हुने ती नेताले बताए । यसअघि वैशाख २५ गते बोलाइएको स्थायी कमिटी बैठक पनि वैशाख २४ गते स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस