मातृभूमि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मातृभूमि


१ जेष्ठ २०७७, बिहिबार


प्राण प्रिय मातृभूमि लुट्न खोज्ने खबरदार
हृदयहरू चोईट्याउन जुट्न खोज्ने खबरदार ।।

विस्तारवादी साम्राज्यवाद हेपाहा हैकमवादी
गोर्खालीको स्वाभिमान कुट्न खोज्ने खबरदार ।।

दुई कौडीमा दुईचार जना राष्ट्रघाती किने पनि
जन्मभूमि आयुधले भुट्न खोज्ने खबरदार ।।

सामर्थ्य र शक्तिको मादकतामा उन्मत्त भई
सार्वभौम गौरव हाम्रो टुट्न खोज्ने खबरदार ।।

सारा सत्य आफू मात्रै अरू सबै मिथ्या ठानी
अहङ्कारको दम्भ बोकी चुट्न खोज्ने खबरदार ।।

Tags :
प्रतिक्रिया दिनुहोस