परिवर्तन हाम्रै पालामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

परिवर्तन हाम्रै पालामा


१ जेष्ठ २०७७, बिहिबार


सुरुवात आफैँबाट गर्नु छ,
स्वच्छ, निष्पक्ष र सुसज्जित राजनीतिक संस्कार बसाउनु छ,
हामी सबै मिली देश आफ्नो बनाउनु छ,
परिवर्तन हाम्रै पालामा ल्याउनु छ ।

बेरोजगारीको समस्या कृषि बाटै समाधान गर्नु छ,
खाडी मुलुकको यात्रा श्रमिक भिसामा हामीले पूर्ण विराम लगाउनु छ,
वैदेशिक रोजगारीबाट होइन स्वरोजगारीबाटै गुजारा चलाउनु छ,
परिवर्तन हाम्रै पालामा ल्याउनु छ ।

देश बनाउन युवालाई नै अगाडी आउनु छ,
कृषि, पर्यटन र व्यापार बाटै अर्थतन्त्र उकास्नु छ,
शान्ति, सुशासन, विकास र समृद्धिको लागि हामीलाई एकताबद्ध हुनु छ,
परिवर्तन हाम्रै पालामा ल्याउनु छ ।

जातीय, क्षेत्रीय, लैङिगक र धार्मिक विभेद अन्त्य गर्नु छ,
विकासशील राष्ट्र निर्माणमा हामी सबै मिली लाग्नु छ,
समृद्ध नेपाल, सुखी नेपालीको सपना सकार पार्नु छ,
परिवर्तन हाम्रै पालामा ल्याउनु छ ।

Tags :
प्रतिक्रिया दिनुहोस