परीक्षार्थी पीडा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

परीक्षार्थी पीडा


१ जेष्ठ २०७७, बिहिबार


ऋण गरेर पढ्नलाई सहरमा झरे,
परीक्षा स्थगित हुँदा अलपत्रमा परे।।

शैक्षिक डिग्री लिन पाइन यसमै गयो मन,
कहिले सम्म साम्य होला सकी सक्यो धन।।

मूल कानुनले बाटाहरू धेरै खोले देखि,
र्‍याक भरी चाङ लागेको छन् कपि लेखी लेखी।।

रातदिन नभनेर अध्ययन गरी पढेको थिए ,
बाधा अड्चन फुकाउँदै अघि बढेको थिए ।।

सबैले जागिर खाइसके पढ्छु भनी आए,
सुखी जीवन सपनामा दुःख मात्रै पाए।।

बिहानै उठेर पढ्ने साँझ लिन जाने पानी,
शैक्षिक क्षेत्र पढ्न मन नलाग्ने भयो बानी ।।

कोठा भित्रै बसेको छु खै अब के गरूँ,
छिटो लकडाउन साम्य भए केही हुन्थ्यो कि बरु।।

Tags :
प्रतिक्रिया दिनुहोस