भारतलाई नेपालको ‘कूटनीतिक नोट’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतलाई नेपालको ‘कूटनीतिक नोट’


२९ बैशाख २०७७, सोमबार


काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि भारतका राजदूत विनयमोहन कोत्रालाई सीमासम्बन्धी नेपालको अडानबारे जानकारी दिँदै ‘कूटनीतिक(डिप्लोम्याटिक) नोट’ हस्तान्तरण गरेका छन्।

मन्त्री ज्ञवालीले राजदूत कोत्रालाई आज परराष्ट्र मन्त्रालयमा बोलाएर कूटनीतिक नोट हस्तान्तरण गरेका हुन् ।

नेपाली भूमि लिपुलेकमा भारतले चीनसँग जोड्ने सम्पर्क सडक निर्माण गरी उद्घाटनसमेत गरेको सार्वजनिक भएपछि त्यसबारे भारतको औपचारिक धारणा बुझ्न र नेपालको पुरानै अडानबारे अवगत गराउन सरकारले राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर सो कूटनीतिक नोट दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस