नेपाली कांग्रेस बझाङ-काठमाडौं सम्पर्क समितिद्वारा राहत वितरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाली कांग्रेस बझाङ-काठमाडौं सम्पर्क समितिद्वारा राहत वितरण


२८ बैशाख २०७७, आइतबार


काठमाडौं । कोरोना महामारीका कारण महिनौं लकडाउनमा बस्नु पर्दा सर्वसाधारणको जीवन कष्टकर बन्दै गइरहेको छ। सामान्य मान्छेको दैनिक गुजारामा समस्या परेको छ।

लकडाउनका कारण कतिपयको चुलो नै ठप्प हुने अवस्थामा रहेको छ। सरकारी राहत पीडित सबैसम्म सहजै पुग्न सकिराखेको छैन। बझाङ घर भै यस अप्ठ्यारो परिस्थितिमा काठमाडौं उपत्यकामा समस्यामा परेकाहरूलाई नेपाली कांग्रेस बझाङ(काठमाडौं सम्पर्क समितिले सहयोग गरेको छ।

बझाङबाट प्रतिनिधिसभा सदस्य प्रकाश रसाइली स्नेहीको सचिवालयको सहजीकरणमा राहत वितरण गरिएको बझाङ घर भै काठमाडौं बस्दै आएका कवि सोझो गाउँले बताए।

बझाङबाट पढाइ, रोजगारी, उपचार तथा अन्य सिलसिलामा राजधानी उपत्यका आई अस्थाइ बसोबास गरिरहेका विद्यार्थी, मजदुर, निम्न आय भएका व्यक्ति, बिरामी एवम् कुरुवाहरू जो लामो समयको लकडाउनका कारण समस्यामा परेका छन्, तिनीहरूको खोजी गरी समितिले डेरासम्मै रातह सामग्री पुर्याएको हो।

नेपाली कांग्रेस बझाङका सबै अग्रज नेता तथा कार्यकर्ताहरूको साथ र सहयोगबाट सम्भव भएको उक्त राहत कार्यक्रम अन्तर्गत काठमाडौं, भक्तपुर, ललिलतपुर र कीर्तिपुरमा गरी जम्मा ८७७ जनालाई राहत सामग्री उपलब्ध गराइ सकिएको र समस्यामा परेका बाँकी छुटपिट बझाङ्गीहरुको पहिचान गरी यथाशिघ्र राहत उपलब्ध गराउन आफूहरू लागिपरेको जानकारी सम्पर्क समितिका अध्यक्ष शमशेर कुमार बमले दिए।

प्रतिक्रिया दिनुहोस