प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँ नागरिक विरुद्ध मुद्दा चलाइने, बाँकी छोडिँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँ नागरिक विरुद्ध मुद्दा चलाइने, बाँकी छोडिँदै


प्रशासन विशेष ब्युरो

२६ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । प्रहरीमाथि हातपात गर्ने ४ जना चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ ।

घर फिर्तीको माग गर्दै सिँहदरबार अगाडि धर्ना दिन आएका ४७ जना चिनियाँ नागरिकले डिएसपी हरी बहादुर बस्नेतसहित अन्य ५ जना प्रहरीमाथि हातपात गरेका थिए ।

हातपात गर्ने ४ जनालाई मुलुकी अपराध संहिता ऐन २०७४को अभद्र व्यवहार कसुरमा मुद्दा चलाएर बाँकी ४३ जनालाई रिहा गर्न लागिएको काठमाडौँ प्रहरीले जनाएको छ ।

प्रदर्शनमा उत्रिएका ४३ चिनियाँलाई रिहा गरिने र बाँकी ४ जनालाई महानगरी प्रहरी परिसर सिंहदरबारको हिरासतमा पठाइने अधिकारीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस