सांसद अपहरणको यथार्थ संसद्को चालु अधिवेशनमै बाहिर आउँछ -नेम्वाङ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सांसद अपहरणको यथार्थ संसद्को चालु अधिवेशनमै बाहिर आउँछ -नेम्वाङ


२६ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सांसद अपहरणको यथार्थ संसद्को चालु अधिवेशनमा बाहिर आउने बताएका छन् ।

सङ्घीय संसद्को छैटौँ अधिवेशनको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेम्वाङले सांसद अपहरणको विषयमा चालु अधिवेशनमा सत्य र यथार्थ बाहिर आउने बताएका हुन् । शुक्रवारको बैठकमा उनले भने, ‘हामी कुनै प्रकारका आपराधिक कार्यको पक्षमा छैनौँ ।’

समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठका साथै पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पार्टी फुटाउने उद्देश्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा महोत्तरीबाट अपहरण गरेर काठमाडौँ ल्याएको विषयलाई प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता शेरबहादुर देउवाले पनि संसद्मा प्रश्न उठाएका छन् । देउवाले अपहरणमा संलग्नलाई पदमुक्त गरेर कारबाही गर्न माग गरेका थिए । जवाफमा नेम्वाङले सत्य तथ्य बाहिर आउने बताएका हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस