आजदेखि संसद्को छैटौँ अधिवेशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आजदेखि संसद्को छैटौँ अधिवेशन


२६ बैशाख २०७७, शुक्रबार


विकास र समृद्धि

काठमाडौँ । संघीय संसद्को छैटौँ अधिवेशन शुक्रबार(आज)देखि शुरु हुँदैछ। अपराह्न ४ः०० बजे संघीय संसद्को बैठक बस्ने तयारी गरिएको छ।

अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

आजको बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट संघीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार शुक्रबारको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य दिनेलगायतका कार्यसूची तय गरिएको छ।

आागामी जेठ ४ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको संघीय संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी आगामी जेठ १३ गते आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यतालिका छ। यस्तै जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

राष्ट्रपतिले यही वैशाख २१ गते प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को छैटौँ अधिवेशन शुक्रबारका लागि आह्वान गरेकी थिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस