स्थायी कमिटी बैठक माग गर्दै धुम्बाराहीमा नेकपाका २० सदस्यको भेला « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

स्थायी कमिटी बैठक माग गर्दै धुम्बाराहीमा नेकपाका २० सदस्यको भेला


२५ बैशाख २०७७, बिहिबार


काठमाडौँ । नेकपाका २० स्थायी कमिटी सदस्य पार्टी मुख्यालय धुम्बाराहीमा भेला भएका छन् ।

बैशाख १० मा पत्र लेखेर दुवै अध्यक्षलाई बैठक बोलाउन माग गरेका २० नेता बिहीबार पार्टी मुख्यालयमा भेला भएर आगामी रणनीतिबारे छलफल गरेका हुन् ।

स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न नसकेर आज बस्ने भनिएको बैठक स्थगित गरेसँगै बैठकका एजेण्डा तय गर्न सचिवालयलाई सहयोग गर्ने र तत्काल बैठक बोलाउन दवाव दिनेगरी धुम्बाराही पार्टी कार्यालयमा छलफल गरेको सहभागी एक सदस्यले बताएका छन् ।

बैठकमा सहभागी नेताहरुले सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको, मन्त्रीहरु नै विभिन्न भ्रष्टाचारमा संलग्न भएको, प्रधानमन्त्रीले यस्ता विषयमा कठोरतापूर्वक छानबिन नगरेको, पार्टी फुटाउनका लागि अध्यादेश ल्याएको, सांसद अपहरण जस्तो मुद्दालाई नजरअन्दाज गरेको, कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

भेला भएका २० स्थायी कमिटी सदस्यहरुमा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण बिष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणी पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र हरिबोल गजुरेल रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस