गभर्नर अधिकारीद्वारा सम्पत्ति विवरण सार्वजनिक[विवरणसहित] « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

गभर्नर अधिकारीद्वारा सम्पत्ति विवरण सार्वजनिक[विवरणसहित]


२३ बैशाख २०७७, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । एक महिनाअघि चैत २४ गते केन्द्रीय बैङ्कको गभर्नरमा नियुक्त भएका उनले राष्ट्र बैङ्कको वेबसाइटमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक विवरण अनुसार गभर्नर अधिकारीको कतै आफ्नो तथा कतै श्रीमती सरिता अधिकारीको नाममा १० ठाउँमा जग्गा रहेको उनको सम्पत्ति विवरणमा देखिएको छ ।

गभर्नर अधिकारीको ललितपुरको सैँबुमा २२०० वर्ग फिटमा बनेको घरसमेतको जग्गा रहेको छ भने झापामा ४ ठाउँमा, ललितपुरको ५ ठाउँमा र मकवानपुरको एक ठाउँमा जग्गा रहेको छ ।

अधिकारीले चल सम्पत्तिको रूपमा सुन २७ तोला, चाँदी ५० तोला र नगद १८ हजार रुपैयाँ रहेको उल्लेख गरेका छन् ।

बैङ्क तथा वित्तीय संस्थाको खातामा भने करिब १६ लाख रुपैयाँ भन्दा बढी रकम रहेको उनले उल्लेख गरेका छन् । उनले विभिन्न कम्पनीहरूको एक करोड बढीको सेयर रहेको समेत आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस