‘एउटै पार्टी, एउटै बिचार : सरकारको सफलता’ -प्रधानमन्त्री ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘एउटै पार्टी, एउटै बिचार : सरकारको सफलता’ -प्रधानमन्त्री ओली


२१ बैशाख २०७७, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र नमिलेका कुरा पनि मिलाई सकिएकोले एकताबद्ध भएर खुसीसाथ काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा आफूमाथि देखिएको सङ्कट टरेको भोलिपल्ट मन्त्रिपरिषद् बैठकमा प्रसन्न मुद्रामा देखिएका प्रधानमन्त्री ओलीले पार्टी सचिवालयमा नेताहरू एकताबद्ध भएको भन्दै उनले खुसी साटेका हुन् ।

‘हाम्रो बिचमा एकता भएको छ र नमिलेका कुरा पनि अब मिलाई सकिएको छ’ प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै एक मन्त्रीले प्रशासनसँग भने, ‘यसमा पहल कदमीका लागि सबैलाई धन्यवाद छ ।’

उनले पार्टीको एकता र विचारलाई नै सरकारको सफलता भएको बताएका छन् । ‘एउटै पार्टी, एउटै बिचार : सरकारको सफलता अबको मिसन यही हो’ प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै ती मन्त्रीले भने

Tags :
प्रतिक्रिया दिनुहोस