म तिम्रो शहरमा, हो आफ्नै रहरमा,
फगत जिउन मात्रै, पनि छु कहरमा ।
भरोसा त केवल, यहि पाखुरी हो,
तिमी लक गर्छौ, पारौं के उदरमा ।।
ठूलो छैन इच्छा, दुई छाक चारो,
त्योपनि जटिल भो, आज यो शहरमा।।
बचाउनै जीवन भनी, तिमी बन्द भन्छौं,
आफू तृप्त भई, मैले खाएको ठहरमा।।
तिम्रो त्यो भूमिका, नचलोस यसरी,
गलत कर्म आखिर, छन् सड्ने बगरमा ।।
महिनौं भोकोपेट, बसुँ म कसोरी,
अब फर्कन्छु आफ्नै, त्यो पुरानै डहरमा ।।
नंग्रा खियाउछु, त्यो बाझो जमिनमै,
झुलाउने छु अन्न, लहरै लहरमा।।
बस्नेछु उहि, आफ्नो परिवारसगँ,
आशक्ति त्यागे, तिम्रो त्यो डलरमा ।। धन्यवाद ।