पाकिस्तानमा पढ्न गएका विद्यार्थी भन्छन् ‘बिचल्लीमा पर्‍यौँ, सरकार उद्धार गर’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पाकिस्तानमा पढ्न गएका विद्यार्थी भन्छन् ‘बिचल्लीमा पर्‍यौँ, सरकार उद्धार गर’


१९ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । पाकिस्तानमा पढ्न गएका विद्यार्थिहरुले आफ्नो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।

सरकारको छात्रवृत्तिमा इन्जिनियरिङ तथा डक्टर पढ्न गएकालगायत करिब एक सय ५० भन्दा बिद्यार्थिहरुले बिचल्लीमा पर्ने अवस्था आएको भन्दै उद्धार गरी नेपाल ल्याउन आग्रह गरेका हुन् ।

दुई महिनादेखि लगातार सरकारसँग पहल गर्दा पनि कुनै सम्बोधन नभएको भन्दै मुस्लिम समुदायहरूको चाड रमजानका कारण सम्पूर्ण मस्जिदहरू खुलाइए पछि थप जोखिम र जनजीवन कष्टकर बनेको एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत सुशील पौडेलले बताए ।

रमजानका कारण खानपिनमानसमेत कठिनाइ भएपछि अझ बढी सकस भएको पौडेलेको भनाई छ । ‘रमजान चलेको हुँदा बिहान ५ बजे खाएपछि एकै पटक साँझ मात्रै खाना खान पाउने भएकोले दिनभरि भोकै बस्नु परेको छ’ पौडेलले भने, ‘जे जति दिन्छन् त्यही खाने र त्यतिमै बस्नु पर्ने अवस्था छ ।’

आफूहरू लाहुरभन्दा बाहिरको सानो सहर वाहवालपुरमा बस्ने र त्यहाँका सबै पसलहरू बन्द रहेकोले बाहिर जानसमेत नपाएपछि खानेकुराको नै समस्या झेलिरहेको उनको भनाई छ ।

वाहवालपुर भिक्टोरिया हस्पिटलमा ७० भन्दा बढी कोरोनाका बिरामी आइसोलेसनमा उपचाररत रहेको र त्यहाँ काम गर्ने अधिकृतहरू आफूहरू बस्ने होस्टेलमा नै बस्ने भएकोले कोरोना लाग्ने सम्भावना पनि उत्तिकै धेरै भएकोले अझ बढी मानसिक त्रासमा बस्नु परेको पौडेलले बताएका छन् ।

‘पर्वको कारण गैरमुस्लिमलाई बाँच्न नै कठिन भएकोले त्यहाँबाट उद्धार गरी आफ्नै लैजान सरकारसँग अनुरोध गर्दछौँ’ पौडेलले भने ।

पौडेलका अनुशार अहिले पाकिस्ताका इस्लामावाद, मुल्तान, लाहोर, कराँची र वाहवालपुरमा गरी एक सय ५० भन्दा बढी विद्यार्थि अध्ययनरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस