वडाध्यक्षमाथि कुटपिट, पाँच पक्राउ « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

वडाध्यक्षमाथि कुटपिट, पाँच पक्राउ


१८ बैशाख २०७७, बिहिबार


पक्राउ

काठमाडौं । कालीकोटमा एक वडाध्यक्षमाथि कुटपिट भएको छ । पचालझरना गाउँपालिका–१ का अध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

वडाध्यक्ष न्यौपानेको टाउको, नाक, हात र छातीमा चोट लागेको बताइएको छ ।

कुटपिटमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार घाइते वडाध्यक्षलाई उपचारका लागि एम्बुलेन्सनमा कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।

कुटपिटमा संलग्न भनिएकामा स्थानीय जनक, पारस, तीलक, उमेश र कमल न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय पचालझरनाले जिल्लामा पठाएको छ ।

मन्दिर निर्माणका लागि गठन भएको उपभोक्ता समितिको विषयलाई लिएर वडाध्यक्षमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस