जापानद्वारा कांग्रेस नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जापानद्वारा कांग्रेस नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान


१८ बैशाख २०७७, बिहिबार


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ दिने भएको छ ।

जापान सरकारले यस वर्षको उक्त अवार्ड पौडेललाई दिने निर्णय गरेको जापानस्थित नेपाली दूतावासले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

दूताबासद्वारा जारी विप्तिमा भनिएको छ, नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत यस्तो विभूषण प्रदान गर्ने निर्णय गरिएको हो ।

नेता पौडेलले सभामुख हुँदा जापान–नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरूका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले उनलाई सो अवार्ड अवार्ड प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस