हाजिर नगराइएका ३६ कर्मचारीलाई स्थानीय तहमा खटाइयो[नामावलीसहित] « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हाजिर नगराइएका ३६ कर्मचारीलाई स्थानीय तहमा खटाइयो[नामावलीसहित]


१७ बैशाख २०७७, बुधबार


काठमाडौँ । स्थानीय तहले हाजिर नगराएका ३६ कर्मचारीलाई विभिन्न स्थानीय तहमा कामकाज गर्न खटाईको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश अनुसारको गाउँपालिका तथा नगरपालिकाकामा सिफारिस गरिएका तर नियुक्ति र पदस्थापनमा समस्या भई नयाँ पदस्थापन गर्नुपर्ने सहायक चौथोदेखि अधिकृत छैटौँ सम्मका कर्मचारीलाई सचिव स्तरको निर्णय गरी कामकाजका लागि खटाएको हो ।

सम्बन्धित स्थानीय तहबाट माग बमोजिम लोक सेवा आयोगबाट सिफारिस भई गएका स्थानीय तहका कर्मचारीहरूलाई सम्बन्धित स्थानीय तहमा नियुक्ति दिएको तर स्थायी दरबन्दी पूर्ति हुँदा सम्बन्धित स्थानीय तहमा हाजिर नगराइएका कर्मचारीहरूलाई मिति २०७७/०१/१४ नेपाल सरकार(सचिव स्तर) को निर्णय अनुसार निजहरूले पेस गरेको निवेदन, नियुक्तिको छायाप्रति, सम्बन्धित स्थानीय तहमा पदपूर्तिको कारण सहितको सिफारिस र कर्मचारीहरूले रिक्त दरबन्दी रहेको स्थानीय तहबाट ल्याएको सहमति बमोजिम हाललाई कामकाज गर्न खटाइएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस