थप २ जनामा कोरोना संक्रमणको पुष्टि « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

थप २ जनामा कोरोना संक्रमणको पुष्टि


१६ बैशाख २०७७, मंगलबार


रौतहट । नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमणको पुष्टि भएको छ । रोतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिएका छन् ।

दुबै जनाको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

भुसहाका २५ वर्षिय पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।

टेकुमा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी कार्य सुरु भएको छ जनाईको छ।

त्यस्तै गोनाही १ का ३५ वर्षिय पुरुष भने क्वारेन्टाइनमै रहेका छन् ।

गत वैशाख १२ गते रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरिएको थियो। सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस