राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीबीच टेलिफोन वार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीबीच टेलिफोन वार्ता


१६ बैशाख २०७७, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार टेलिफोनमार्फत कुराकानी भएको छ । कुराकानीमा क्रममा चिनियाँ राष्ट्रपति सीले कोरोना भाइरस(कोभिड–१९) विरुद्धको लडाइँमा नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले दुवै देशको स्वास्थ्य संस्थाहरुलाई सञ्चार र सहकार्यका लागि पनि आग्रह गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि चीन सरकारले गरेको प्रयासको उच्च प्रशंसा गर्दै यस क्रममा चीनले विश्वभरका देशलाई कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको सहयोगको पनि सह्राहना गरिन् ।

जवाफमा राष्ट्रपति सीले कोरोना भाइरस रोकथामका लागि नेपालले तत्काल चालेको प्रभावकारी कदमका कारण कोरोना भाइरस फैलिन नपाएको भन्दै चीनको सहयोग रहने बताए ।

साथै चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि नियमित काममा फर्किएको भन्दै खुशी व्यक्त गरेका छन्। साथै उनले प्रधानमन्त्री ओलीको सुस्वास्थ्यको कामना गरेका छन्।

दुई राष्ट्रप्रमुखले द्विपक्षीय सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा अझै प्रगाढ बनाउन यसअघि दुईदेशबीच उच्च स्तरीय भ्रमणका क्रममा भएका समझदारीको कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस