ट्रम्पले बन्द गरे दैनिक प्रेस ब्रिफिङ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

ट्रम्पले बन्द गरे दैनिक प्रेस ब्रिफिङ


प्रशासन संवाददाता

१४ बैशाख २०७७, आइतबार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दैनिक प्रेस ब्रिफिङ बन्द गरेका छन् ।

कोरोना संक्रमणको अवस्थाबारे जानकारी दिन दैनिक गर्दै आएको प्रेस व्रिफिङको औचित्य अब नरहेको भन्दै उनले बन्द गरिदिएका हुन् ।

प्रेस ब्रिफिङ गरे पनि सञ्चार माध्यममा गलत सूचनाबाहेक केही नआएको उनले बताए । उनले पत्रकारले सही सूचना नदिएको आरोप लगाए । सञ्चार माध्यमले पूर्वाग्रही भएर प्रश्न सोध्ने र समचार सम्प्रेषणमा सत्रुतापूर्वक व्यवहार गर्ने उनको भनाइ छ ।

बीबीसीका अनुसार चीनले कोरोना भाइरस सम्बन्धी सूचना लुकाएको, मलेरियाको औषधीले कोरोना संक्रमितको उपचार गर्न सकिने जस्ता तथ्यहीन कुरा गरे पछि ट्रम्पको चर्को आलोचना हुँदै आएको थियो । उनी गलत सूचना र दाबी गर्थे र उनका सल्लाहकार, स्वास्थ्य विशेषज्ञ तथा ह्वाइटहाउसले भने त्यसको स्पष्टिकरण दिँदै हिँड्नुपर्ने अवस्था आए पछि प्रेस व्रिफिङ बन्द गर्नु परेको हो ।

कोरोनाका कारण अमेरिकामा मात्रै ५४ हजार २ सय ५६ जनाको मृत्यु भइसकेको छ । भने संक्रमितको संख्या ९ लाख ६० हजार नाघेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस