मोटरसाइकल दुर्घटनामा प्रहरीको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मोटरसाइकल दुर्घटनामा प्रहरीको मृत्यु


१३ बैशाख २०७७, शनिबार


कोहलपुर । बाँके जिल्लाको नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टिनमा कर्तव्यमा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा आज बिहान मृत्यु भएको छ ।

क्वारेन्टिनको ड्युटी सकेर उनी मोटरसाइकलमा निवास फर्कने क्रममा सो दुर्घटना भएको हो ।

ड्युटी सकेर भे ३ प ३९ नं को मोटरसाइकलमा निवास फर्कनेक्रममा प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजीकै सडकको डिभाइडरमा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरी कार्यालय मुद्दा शाखा इञ्चार्ज प्रहरी निरीक्षक हृदयेन्द्र सापकोटाले आज बिहान करीब ३ बजे सो दुर्घटना भएको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस