सेती अस्पतालबाट अर्की संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १० पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सेती अस्पतालबाट अर्की संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १० पुग्यो


११ बैशाख २०७७, बिहिबार


धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका-१ की कोरोना संक्रमित ६५ वर्षीया महिला पनि निको भएर बिहीबार सेती प्रादेशक अस्पतालबाट डिस्चार्ज भएकी छिन् । सुदूरपश्चिममा देखिएका ५ जना संक्रमित बिरामीमध्ये निको भएर घर फर्किने उनी चौंथो हुन् ।

वीरगञ्जबाट आएकी उनलाई वैशाख १ गते कोरोना पुष्टि भएपछि लम्कीमा रहेको क्‍वारेन्टाइनबाट सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो। अब सेती अस्पतालमा एकजना संक्रमित महिलामात्रै उपचारमा छिन्। उनको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ। उनमा विदेशबाट आएका आफ्ना देवरबाट संक्रमण सरेको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या १० पुगेको छ । सेती अस्पतालबाट ४, टेकु अस्पतालबाट ३, पाटन अस्पतालबाट २ र बाग्लुङ अस्पतालबाट १ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस