अध्यादेशबारे छलफल गर्न देउवा निवास बुढानीलकण्ठमा काँग्रेस पदाधिकारी बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अध्यादेशबारे छलफल गर्न देउवा निवास बुढानीलकण्ठमा काँग्रेस पदाधिकारी बैठक बस्दै


९ बैशाख २०७७, मंगलबार


काठमाडौँ । सरकारले ल्याएको दुई अध्यादेशबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक मङ्गलवार(आज) बस्दै छ ।

राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेशबारे छलफल गर्न अहिले बिहान ९ बजे पदाधिकारी बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठक पार्टी सभापति शेरबहादुर देउवाका निवास बुढानीलकण्ठमा बस्ने छ ।

सरकारले जारी गरेका दुवै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएर नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस