कोरोना भाइरस : २४ लाख नाघ्यो संक्रमितको संख्या, १ लाख ६५ हजारले गुमायो ज्यान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना भाइरस : २४ लाख नाघ्यो संक्रमितको संख्या, १ लाख ६५ हजारले गुमायो ज्यान


८ बैशाख २०७७, सोमबार


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २४ लाख नाघेको छ । प्रत्येक दिन कोरोना भाइरसको संक्रमण वृद्धि भइरहेको छ । कोरोना संक्रमित देशहरुले रोकथामका लागि विभिन्न प्रयासहरु गरिरहँदा पनि यो संक्रमण दर भने अझै रोकिन सकेको छैन । जसले गर्दा अझै संक्रमित थपिने सम्भावना रहेको छ ।

हालसम संत्रमितमध्ये १ लाख ६५ हजार ५६ जनाले ज्यान गुमाइसकेका छन् भने ६ लाख १७ हजार निको भएर घर गइसकेका छन् । १६ लाख २४ हजार भन्दा बढी अस्पतालमा उपचाररत छन् ।

जसमा ५४ हजार २१८ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ४० हजार ५५३ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । ७ लाख ६३ हजार ८ सय ३२ जना संक्रमित छन् । १३ हजार ५ सय भन्दा बढीको अवस्था गम्भीर छ । अन्यको अवस्था समान्य रहेको छ । ७१ हजार जना निको भएर घर गइसकेका छन् ।

यस्तै इटलीमा २३ जहार ६६०, स्पेनमा २० हजार ४५३, फ्रान्समा १९ हजार ७१८ तथा बेलायतमा १६ हजार ६० जनाको ज्यान गइसकेको छ ।

बेलायतमा १६ हजार बढीको ज्यान गइसकेको छ भने संक्रमितको संख्या १ लाख २० हजार पुगेको छ ।

यस्तै नेपालको छिमेकी मुलुक भारतमा कोरोनाले मात्रै ५ सय ५९ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १७ हजार ६ सय १५ पुगेको छ ।

नेपालमा भने अहिलेसम्म कसैले पनि कोरोको संक्रमणका कारण ज्यान गुमाउनु परेको छैन । नेपालमा हालसम्म ३१ जनाका कोरोना संक्रमण देखिएको छ । जसमा ४ जना निको भएर घर फर्किसकेका छन् ।

टेकु अस्पतालमा १ जना, वीरगन्जको नारायणी अस्पतालमा ४, भरतपुर अस्पतालमा २, धवलागिरि अस्पतालमा १, पाटन अस्पतालमा २ र कोसी अस्पतालमा, १३ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् । २७ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस