गोरखा आरुघाटका ३१ वर्षीय एक युवकमा पनि एन्टिबडी पोजेटिभ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

गोरखा आरुघाटका ३१ वर्षीय एक युवकमा पनि एन्टिबडी पोजेटिभ


प्रशासन संवाददाता

३ बैशाख २०७७, बुधबार


गोरखा । गोरखाको आरुघाटका एक ३१ वर्षीय युवकमा पनि र्‍यापिड डाइग्नेस्टिक किट (आरडीटी) बाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ ।

गत फागुन २२ गते बहराइनबाट नेपाल आएका आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय ती युवकमा गरिएको र्‍यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय, गोरखाकाले जनाएको छ ।

‘र्‍यापिड टेस्टको रिपोर्ट पोजेटिभ आए पनि उनमा कोरोनाको लक्षण देखिएको छैन, अवस्था सामान्य छ, हाल उनलाई गाउँकै आईसोलेसनमा राखिएको छ, थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइए छ’, जिल्ला स्वास्थ्य कार्यालय गोरखाका फोकल पर्सन नारायण अर्यालले भने ।

मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालयले आरुघाट गाउँपालिकामा र्‍यापिड टेस्ट गरेको थियो । उनी एक जनामा मात्रै एन्टिबडी पोजेटिभ देखिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस