भूमि समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवाली नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भूमि समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवाली नियुक्त


३ बैशाख २०७७, बुधबार


काठमाडौँ । सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवालीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले आयोगको अध्यक्षमा नेकपा केन्द्रिय सदस्य ज्ञवालीलाई नियुक्त गरेको हो।

भूमिहिन सुकम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अधिकारसमेत दिएर नियुक्त गरिएका ज्ञवाली १५ औं आयोगको अध्यक्ष हुन्। यसअघि २०४६ सालयता बनेका सरकारले १४ वटा आयोग गठन गरिसकेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा तत्कालीन नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेदवार बनेका थिए। उनी तत्कालीन एकीकृत माओवादी र कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालसँग पराजित भएका थिए।

मतगणनाको अन्तिम समयमा तत्कालीन एकीकृत माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि एउटा वडामा पुनः मतदान भएको थियो। त्यसपछि ज्ञवाली झिनो मतले मात्र पराजित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस