विश्वभर १९ लाख ९८ हजार कोरोना संक्रमित, अमेरिकामा हालसम्मकै उच्च संक्रमण « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

विश्वभर १९ लाख ९८ हजार कोरोना संक्रमित, अमेरिकामा हालसम्मकै उच्च संक्रमण


प्रशासन संवाददाता

३ बैशाख २०७७, बुधबार


काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर संक्रमितको संख्या १९ लाख ८९ हजार १ सय ११ पुगेको छ । यो समाचार तयार पार्दासम्म मृतयु हुनेको संख्या १ लाख २६ हजार ६ सय ४ पुगेको छ ।

४ लाख ७८ हजार ६ सय ५९ जना निको भएर घर फर्किसकेका छन् ।

वल्डोमिटरको तथ्याङकअनुसार अमेरिकामा मात्रै हालसम्म ६ लाख १३ हजार ८ सय ८६ जना संक्रमित भएका छन् । २६ हजार ४७ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २४ सय भन्दा बढीको ज्यान गएको छ। पछिल्लो समय अमेरिका कोभिड–१९ को इपिसेन्टर बनेको छ।

अमेरिकामा अहिले स्थिति जटिल बन्दै गएको छ । संसारकै वित्तिय राजधानी मानिने न्यूयोर्कमा मात्रै संक्रमितको संख्या २ लाख भन्दा बढी छ। मृतकको संख्या १० हजार ८ सय नाधेको छ।

अमेरिकामा न्यूयोर्कपछि बढी संक्रमित हुने राज्य न्यूजर्सी राज्यमा ६८ हजार संक्रमित छन् । भने ४ हजार भन्दा बढीको ज्यान गइसकेको छ।

यस्तै इटालीमा २१ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। स्पेनमा १८ हजार भन्दा बढी मानिसको मत्यु भएको छ। स्पेनमा १ लाख ७४ हजार ६०, इटालीमा १ लाख ६२ हजार ४ सय ८८, फ्रान्समा १ लाख ३१ हजार ३ सय ६१, जर्मनीमा १ लाख ३१ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

चीनमा ७७ हजार ८ सय १६, जर्मनीमा ६८ हजार २ सय तथा स्पेनमा ६७ हजार ५ सय ४ जना उपचारपछि निको भएका हुन्।

प्रतिक्रिया दिनुहोस