भारतमा वैशाख २१ गतेसम्म लकडाउन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भारतमा वैशाख २१ गतेसम्म लकडाउन


२ बैशाख २०७७, मंगलबार


भारत । भारतले २१ दिनदेखि जारी लकडाउन थपेको छ।

उसले मे ३(वैशाख २१) सम्म लकडाउन बढाउने घोषणा गरेको छ।

भारतमा यस अगाडि २१ दिनका लागि जारी गरिएको बन्दाबन्दी मंगलबार सकिदैछ ।

बन्दाबन्दी सकिनु अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नाममा सम्बोधन गर्दै बन्दाबन्दी थप भएको निर्णय सुनाएका हुन् ।

भारतले देशमा ५५० जनामा संक्रमण देखिएपछि २१ दिनको लकडाउन गर्ने घोषणा गरेको थियो।

विश्वभर फैलिएको कोरोना महामारी फैलन नदिन लकडाउन नै उपयुक्त विधि भएको मोदीले बताए । ‘अहिले अपनाइएको जुन कदम छ, त्यो नै हाम्रा लागि सही हो’ मोदीले भने ।

आर्थिक दृष्टिबाट हेर्दा लकडाउन यो निकै महंगो देखिए पनि भारतबासीको जीवनसँग तुलना यसलाई नसकिने मोदीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस