सहसचिवदेखि माथिका कर्मचारीलाई कार्यालयमा हाजिर हुन निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सहसचिवदेखि माथिका कर्मचारीलाई कार्यालयमा हाजिर हुन निर्देशन


३० चैत्र २०७६, आइतबार


समायोजन पत्र

काठमाडौँ। भारत सरकारले उच्च ओहोदाका सबै कर्मचारीहरुलाई कार्यालयमा आएर काम गर्न निर्देशन दिएको छ ।

सहसचिवदेखि माथिका सबै कर्मचारीलाई सोमबारदेखि कार्यालयमा हाजिर भएर काममा खटिन भारतको केन्द्र सरकारले निर्देशन दिएको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तदारुकताका साथ काम गर्नुपर्ने भएकाले सरकारी सुविधाको गाडी प्रयोग गर्ने सहसचिवदेखि माथिका सबै कर्मचारीलाई आआफ्नो कार्यालयमा हाजिर हुन सरकारले भनेको हो ।

हरेक मन्त्रालयहरुमा कम्तिमा एक तिहाइ कर्मचारीको उपस्थिति अनिवार्य भएको भारत सरकारको ठहर छ ।

भारतमा १४ अप्रिलसम्म लकडाउन छ ।

शनिबारै प्रधानमन्त्री नरेन्द्र मोदीले सबै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो वार्ता गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भइरहेका काम र गर्नुपर्ने थप कामबारे छलफल गरेका छन् । छलफलको क्रममा सबै राज्यका मुख्यमन्त्रीहरुले कम्तिमा दुई हप्तासम्म लकडाउन लम्ब्याउनुपर्ने मत दिएका थिए ।

भारतमा कोरोना भाइरसबाट हालासम्म दुई सय ८८ जनाको मृत्यु भइसकेको छ भने आड हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस