चार सहसचिवको सरुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चार सहसचिवको सरुवा


२८ चैत्र २०७६, शुक्रबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार सहसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिस्तरीय निर्णयबाट सामान्य प्रशासन मन्त्रालयका दुई र अन्य दुई जना गरी चार सहसचिवको सरुवा गरेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार चैत्र २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रबि पन्तलाई प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ भने सामाजिक विकास मन्त्रालयका सहसचिव बीर बहादुर राईलाई राष्ट्रिय योजना आयोगमा ल्याएको छ ।

त्सयसैगरी सामान्य प्रशासन मन्त्रालयका सहसचिव बाबुराम अधिकारीको श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएको छ भने यम प्रसाद भुसालको प्रदेश नं. २ स्थित मुख्यमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ ।

मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकारीको यसअघि नै अर्थ मन्त्रालयमा सरुवा भए पनि सबैभन्दा सिनियर हुँदाहुँदै तालिम केन्द्रमा पठाएपछि उनी मन्त्रालयमै बसेका थिए भने भुसाल नयाँ बढुवा भएर सामान्यमा दरबन्दीमा रहेका थिए ।

एकपछि अर्को गर्दै अनुभवी टिमहरू सबै बाहिरिएसँगै मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारीमध्येका कर्मचारी समायोजनको टुङ्ग्याउनु पर्ने विषयहरू, ओएण्डएमलगायत सबैभन्दा पेचिलो बनेको कर्मचारी समायोजन ऐनबारे के कसरी अघि बढ्ने भन्नेबारे चासोका रूपमा हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस