अवैतनिक दूतहरूको कूटनीतिक नम्बर प्लेट र झन्डा खोसियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अवैतनिक दूतहरूको कूटनीतिक नम्बर प्लेट र झन्डा खोसियो


२७ चैत्र २०७६, बिहिबार


काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपालस्थित विभिन्न देशका अवैतनिक महावाणिज्यदूतलाई दिएको निलो नम्बर प्लेट र झन्डा राख्ने सुविधा खोसेको छ ।

नेपालका लागि किर्गिस्तानका अवैतनिक महावाणिज्यदूत सुलभ अग्रवाल निलो नम्बर प्लेटको झन्डावाल गाडीसहित नै स्वास्थ्य सामग्रीको कालोबजारी गर्दै गर्दा पक्राउ परेपछि परराष्ट्रले सबै अवैतनिक महावाणिज्यदूतहरूको सुविधा खोसेको हो ।

नेपालमा अधिकांश व्यापारिक घरानाका प्रमुखहरू विभिन्न देशका लागि अवैतनिक महावाणिज्यदूत छन् । उनीहरूलाई परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले निलो नम्बर प्लेट उपलब्ध गराउँदै आएको छ । भियना महासन्धिअनुसार कूटनीतिक नम्बर प्लेटको गाडीभित्र चेक जाँच गर्न नपाइने नियमलाई दुरुपयोग गर्दै अग्रवालले कूटनीतिक नम्बर प्लेटकै गाडीमा स्वास्थ्य सामग्री राखेर कालोबजारी गर्दै आएका थिए ।

सम्बन्धित समाचार : कूटनीतिक नम्बरको गाडीमा थर्मोगनको कालोबजारी गर्ने शंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ

उनले पाँच हजार पर्ने ‘थर्मल गन’ १६ हजारमा बेचेको प्रहरीले जनाएको छ । कालोबजारीको सुइँको पाएपछि आफैँ ग्राहक बनेर डिल गरेको प्रहरीले मङ्गलवार अग्रवाललाई नक्सालबाट पक्राउ गरेको थियो । गाडीसँगै पक्राउ गरिएका उनलाई ६७ थाना थर्मोगनसहित पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस