खरिपाटी क्वारेन्टिनमा रहेका बाँकी २३ घर फर्किए « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

खरिपाटी क्वारेन्टिनमा रहेका बाँकी २३ घर फर्किए


२६ चैत्र २०७६, बुधबार


भक्तपुर । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनमा रहेका २३ जनालाई मङ्गलबार घर पठाइएको छ ।

कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरण भवनको क्वारेन्टिनमा राखिएको थियो ।

सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पु¥याउने व्यवस्था गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस