कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भए ५० लाख « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भए ५० लाख


२५ चैत्र २०७६, मंगलबार


विराटनगर । कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमित भएका बिरामीको उपचारका क्रममा मृत्यु भए परिवारलाई ५० लाख रुपैयाँ सहयोग दिने घोषणा गरिएको छ ।

प्रदेश १ को मन्त्रिपरिषद्‌ बैठकले संक्रमितको उपचार र रेखदेखमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी लगायतको मृत्यु भए उनीहरूको परिवारलाई सो रकम प्रदान गर्ने निर्णय गरेको हो।

यस्तो सहयोग कोरोना भाइरसको नियन्त्रण, रोकथाम, संक्रमितको उपचारजस्ता काममा सक्रिय रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहका कर्मचारी वा यस्तो काममा लाग्नेको मृत्यु भए तिनका परिवारलाई दिइनेछ।

सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीका अनुसार कोरोना रोकथाम, उपचारमा संलग्नहरूको सुरक्षाको प्रत्याभूति गर्न सरकारले यो निर्णय गरेको हो।

कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश सरकार वा मातहत निकायले परिचालन गरेका स्वास्थ्य जनशक्तिलाई नेपाल सरकारले निर्धारण गरेअनुसार दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता दिने निर्णय पनि भएको कार्कीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस