कोरोना नियन्त्रणमा खटिने सेना–प्रहरीलाई शतप्रतिशतसम्म प्रोत्साहन भत्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोरोना नियन्त्रणमा खटिने सेना–प्रहरीलाई शतप्रतिशतसम्म प्रोत्साहन भत्ता


प्रशासन विशेष ब्युरो

२० चैत्र २०७६, बिहिबार


सह सचिव

काठमाडौँ । कोरोना भाइरस(कोभिड-१९) नियन्त्रणमा खटिने सेना तथा प्रहरीले शतप्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् ।

सरकारले कामको प्रकृति हेरेर दैनिक तीन सय खाजा खर्चदेखि सुरु तलबमानअनुसार शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना नियन्त्रणमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले भत्ता पाउनेछन् ।

त्यस्तै पर्सनल प्रोटेक्सन इक्विपमेन्ट(पीपीई) लगाएर पेसेन्ट रिसिभिङ टिम(पीआरटी)मा काम गर्नेलाई पनि सरकारले शतप्रतिशत भत्ता दिने भएको छ । संक्रमित तथा शंकास्पद बिरामीलाई अस्पताल लैजान सरकारले पिआरसी गठन गरेको हो ।

त्यसैगरी पिपिई नलगाई पिआरटीमा काम गर्ने र क्वारेन्टाइनको सुरक्षा तथा व्यवस्थापनमा खटिनेले तलबको ५० प्रतिशत भत्ता पाउनेछन् । ड्युटीमा खटिने अन्य सुरक्षाकर्मीले दैनिक तीन सय रुपैयाँ खाजा खर्च पाउनेछन् । त्यसका लागि कार्यालय प्रमुखले ड्रयुटीमा खटिएको भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । यस्तो भत्ता हिनामिना नहोस् भनेर सम्बन्धित प्रहरीको बैंक खातामा जम्मा गर्न भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस