लाइनमा आए सिडिओ, कोरोना विरुद्धको लडाइमा अब सँगसँगै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लाइनमा आए सिडिओ, कोरोना विरुद्धको लडाइमा अब सँगसँगै


१९ चैत्र २०७६, बुधबार


डोल्पा । मंगलवार मात्रै घम्साघम्सीमा उत्रेका प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीहरुबीच आज(बुधवार) साथसाथ अघि बढ्ने जनाएका छन् ।

सदरमुकाममा थप क्वारेन्टिन र कम्तीमा पनि ३० सैयाको विशेष व्यवस्थापनसहितको आइसोलेशन आफू एक्लैले गर्न नसक्ने स्वास्थ्य सेवा प्रमुख सिजन रावलले बताएसँगै प्रजिअ सुरेश सुनाले जिम्मेवार कर्मचारीले संकटको समयमा काम गर्न सक्दैन भन्न पाउँदैन भन्दै नागरिकको हित विपरीत काम गरे कारबाही गर्ने चेतावनी दिएका थिए ।

त्यस लगत्तै चिकित्सकहरू आन्दोलनमा उत्रेका थिए ।

विश्व महामारीका रूपमा रहेको कोरोना भाइरस(कोभिड-१९) सङ्क्रमणबाट बच्न र भइहाले रोकथामका लागि सरकारले भएभरको जोड बल लगाई रहँदा प्रशासन र स्वास्थ्यकर्मीबिचको द्वन्द्वले थप समस्या निम्याउने भन्दै चौतर्फी दबाब सिर्जनापछि दुवै पक्ष एक ठाउँमा आएका छन् ।

यससँगै आज भएको छलफलमा दुवै पक्षले सँगसँगै अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

डोल्पामा कोरोना भाइरस(कोभिट–१९) सँग लड्नको लागि पूर्व तयारीमा सबै एकजुट भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताएका छन् ।

जनशक्ति व्यवस्थापन, सुरक्षा व्यवस्थापन लगायत अन्य सबै किसिमका व्यवस्थापनका लागि जिल्लाका स्वास्थ्यकर्मिहरुसँग प्रशासन प्रहरी सेना र जनप्रतिनिधिहरू एकै साथ रहेको भन्दै स्वास्थ्यकर्मिलाइ निर्धक्क भएर काममा लाग्न प्रजिअ सुनारले अनुरोध गरेका हुन् ।

‘यति बेला ठुलो युद्ध लडी राख्नु भएको छ, हामी पछिपछि चिकित्सक अग्रस्थानमा भाइरससँग लडी रहेका छन्’ प्रजिअ सुनारले भने, ‘हामी हातमा हात थमाउदैछौ र सुरक्षा दिँदै छौ, ढुक्क हुनुस् कोरोना हार्नेछ’

चिकित्सकलाई प्रोत्साहन दिँदै उनले भने ‘चिकित्सकले लडाइ जित्नेछन् र हामी जितमा हुने छौ’

जिल्लाको स्वास्थ्य प्रभावकारी बनाउन कसले के गर्ने भन्ने विषयमा भएको छलफल जरुरी भएको र त्यसले सकारात्मक योजना आउँछ भन्नेमा आफू विश्वस्त रहेको जिल्ला स्वास्थ्य सेवा प्रमुख डा. सिजन रावलले बताए ।

‘हामीलाई सबैको सहयोग छ, हामी डोल्पामा भाइरससँग लड्न सक्छौ’ जिल्ला स्वास्थ्य सेवा प्रमुख डाक्टर रावलले भने ।

यसँसगै तत्कालै विशेष व्यवस्था सहितको कम्तीमा पनि ३० सैयाका आइसोलेशन निर्माण गरिने प्रजिअ सुनारले जानकारी दिएका छन् । उनले भने ‘हामीलाई सबै कुरा थाहा हुँदैन प्राविधिक कुरा डाक्टरले दिनुहुनेछ हामी सबैले व्यवस्थापनमा साथ दिने छौ ।’

बन्दै गरेको नयाँ कारागारको भवनमा हाललाई १० सैयाको विशेष व्यवस्थापन सहितको आइसोलेशन कक्ष निर्माण गर्ने र त्यो भन्दा बाँकी बिस्तार गरेर लैजानले डाक्टर रावलले बताएका छन् ‘हामी जिल्लामा भएको र सक्नेजतिको उपकरणबाट आईशोलेसनमा सेवा दिने छौ’ डाक्टर रावलले भने ।

यससँगै बिशेष ब्यवस्था सहितको आइसोलेशन बनाईने नया कारागारको भवनमा समेत काम शुरु गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस