कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गृहका १० निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गृहका १० निर्णय


१७ चैत्र २०७६, सोमबार


काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि विभिन्न् निर्णयहरु गरेको छ । आइतबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा आपूर्ति व्यवस्थालाई कसरी सहज बनाउने भन्ने विषयमा बसेको बैठकले मह्त्वपूर्ण नियर्णय गरेको छ ।

बैठकले विभिन्न् १० ओटा निर्णय गरेको छ ।

यस्ता छन् निर्णय :

१.आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले लिने ।
२. विक्री वितरण गर्दा न्यूनतम १ मिटरको दुरी कायम गर्ने (Social Distancing) गरी स्थानीय तहले मापदण्ड बनाउने ।
३. आपूर्ति व्यवस्थापनलाई सहज बनाउन प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधित्व हुने गरी समिति गठन गर्ने ।
४. वडास्तरीय समितिले आफ्नो वडा भित्र रहेका हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुको लगत संकलन गर्ने ।
५. स्टोर वा बिक्रेताले बिक्री गर्दा न्यूनतम दैनिक उपभोग्य वस्तुहरु रहने गरी Combo Package बनाई बिक्री वितरण गर्ने ।
६. हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुलाई वडास्तरीय समितिले सहयोग स्वरुप न्यूनतम दैनिक उपभोग्य वस्तुहरुको Package उपलब्ध गराउने । सहयोगको Package बनाउदा ४ जना सम्म सदस्य भएको परिवार र ४ जना भन्दा बढी सदस्य भएको परिवारलाई पुग्ने गरी २ प्रकारको बनाउने ।
७. कुनै निकाय/संघ/संस्था/व्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्‍नुपर्ने। स्थानीय तहले तोकेको मापदण्ड अनुसारका सहयोग सामग्रीहरु भएमा मात्र स्थानीय तहले स्वीकार गरी वडास्तरीय समिति मार्फत वितरण गर्ने । सो को विवरण अनिवार्य रुपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने ।
८. सहायताको नाममा कसैले पनि चन्दा उठाउन वा आफुखुसी सहायता वितरण गर्न नपाउने ।
९. वितरणमा दोहोरोपना हुन नदिने ।
१०. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य वस्तुहरुको मौज्दात नियमित रुपमा अद्यावधिक गरी सार्वजनिक गर्ने ।

Tags :
प्रतिक्रिया दिनुहोस