विद्यार्थी भर्ना गरिए कारबाही « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विद्यार्थी भर्ना गरिए कारबाही


१४ चैत्र २०७६, शुक्रबार


काठमाडौँ । कोरोना भाइरस(कोभिड-१९) को सङ्क्रमणका कारण मुलुक पूरै लकडाउनमा पुगेको बेला विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना तथा भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिने भएको छ ।

विद्यार्थी भर्ना गर्न बोलाउने विद्यालयलाई कारबाही गरी विद्यार्थीको भर्नासमेत खारेज गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव दीपक शर्माले कुनै पनि विद्यालयले यस अवधिमा नयाँ भर्ना लिन तथा प्रवेश परीक्षा लिन नपाउने स्पष्ट पारे । भर्ना लिइएमा कानुनअनुसार कारबाही गरिने पनि उनले बताए ।

सरकारले नै नयाँ भर्ना नलिने भनेको र बढ्दो सङ्क्रमणका कारण मानिसको आवागमनसमेत रोकिएको बेला भर्ना लिइए कडा कारबाही गरिने उनको भनाइ छ । कुनै विद्यालयले अनलाइनबाट विद्यार्थी भर्ना लिएको हुन सक्ने तर त्यो सम्भावना निकै न्यून रहेको पनि उनले बताए ।

राजधानीका सेन्ट जेभियर्स स्कुल र जेभियर्स इन्टरनेसनल स्कुलले विद्यार्थीको भर्नाका लागि प्रवेश परीक्षा लिएको भएपनि त्यसको नतिजा प्रकाशन गर्न रोक लगाइएको छ ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा पठनपाठन भर्ना लगायतका कुनै पनि गतिविधि नगर्न सबै विद्यालयलाई आह्वान गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस