अति आवश्यक सेवाका सबै कर्मचारी कार्यालय आउनुपर्ने, अन्य कार्यालयका आवश्यक मात्र ! « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अति आवश्यक सेवाका सबै कर्मचारी कार्यालय आउनुपर्ने, अन्य कार्यालयका आवश्यक मात्र !


१० चैत्र २०७६, सोमबार


काठमाडौँ । सरकारले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्‍चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीहरू मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालयका प्रमुखले बिदा दिन निर्देशन दिएको छ।

यस्तै, उक्त निर्णयको ५ नम्बर बुँदामा भनिएको छ,’औषधि तथा स्वास्थ्य उपकरण,खाद्यवस्तु,खानेपानी,दूध,इन्धन उत्पादन गर्ने उद्योगहरू बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग,कलकारखानाहरूमा काम गर्ने श्रमिक,कर्मचारीहरूलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने।’

यस्तै, व्यवसायीहरूले औषधि र औषधिजन्य सामग्रीहरूको नियमित आपूर्तिको व्यवस्था गर्न भनिएको छ। सरकारले अभाव देखाएर मूल्य वृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम नियन्त्रणमा लिने,सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने भनिएको छ।

सरकारको एक सातासम्मका लागि लकडाउन गर्ने निर्णयसँगै अति आवश्यक सेवा बाहेक अन्य कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस(कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस