ओली-प्रचण्ड भेटमा संविधान संशोधनदेखि एमसीसीसम्म छलफल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओली-प्रचण्ड भेटमा संविधान संशोधनदेखि एमसीसीसम्म छलफल


१४ फाल्गुन २०७६, बुधबार


काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच आज बिहान छलफल भएको छ । बुधबार बिहान अध्यक्षद्वयबीच भएको भेटमा पार्टीभित्रका विवादित विषयलाई टुंगोमा पुर्‍याउन छलफल भएको बताइएको छ ।

गत शनिवार बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाएर प्रधानमन्त्री बन्ने बाटो खुला गर्न संविधान संशोधन कार्यदल गठनको प्रस्ताव अघि सारेको विषयमा पार्टी भित्र र बाहिर आलोचना हुँदै आएको थियो ।

संविधान संशोधन, गौतमलाई राष्टियसभामा लाने, एमसिसीको विषयमा नेकपा कार्यदलले बुझाएको प्रतिवेदन, निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण, पार्टी एकताको बाँकी कामलगायतको विषयमा अध्यक्षद्वयबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस