हत्याको रहस्य पत्ता लगायो हराएको मोबाइलले, हत्यामा संलग्न ५ सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हत्याको रहस्य पत्ता लगायो हराएको मोबाइलले, हत्यामा संलग्न ५ सार्वजनिक


२१ माघ २०७६, मंगलबार


हेटौंडा । यहि माघ ४ गते हत्या गरिएकी हेटौंडा–११ कि अजिता भुजेलको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय, मकवानपुरले हत्यामा संलग्न ५ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ कि २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामा छन् । घटनामा संलग्न भनिएका २ जना भने अझै फरार छन् ।

अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी पत्नी एलिसालाई दिएका थिए । सोही मोवाइल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो । माघ ४ गते बिहान हेटौंडा उपमहानगरपालिका–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो ।

प्रहरीका अनुसार यौन सम्पर्कपश्चात् पैसाको विषयमा कुरा नमिल्दा भुजेलको हत्या गरिएको अनुसन्धानबाट खुल्नमा आएको छ । हत्यापछि अजिताको शव ट्रकमै राखेर क्याम्पाडाँडामा फालेको प्रहरीको अनसन्धानले खुलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस