समसामयिक अपडेट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

समसामयिक अपडेट


१६ पुस २०७६, बुधबार


१.  विश्व व्यापार संगठनमा नेपालको व्यापार नीतिको समिक्षा
– पहिलो पटक सन् २०१२
– दोस्रो समिक्षा सन् २०१८
– तेस्रो समिक्षा आगामी व्यापार नीति सन् २०२५ मा हुने

२.संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सुरक्षाकर्मी तैनाथ गर्ने राष्ट्रमा
– नेपाल पाँचौँ स्थानमा
– पहिलो इथियोपिया
– दोस्रो रुवान्डा
– तेस्रो बङ्गलादेश
– चौथो भारत
– विश्वभर शान्ति स्थापनाका लागि राष्ट्रसंघीय सुरक्षाकर्मीकारुपमा विभिन्न १२४ राष्ट्रले आफ्ना फौज तैनाथ गर्दै आएका छन् ।

३. अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस
– डिसेम्बर १८
– संयुक्त राष्ट्रसंघ महासभाले सन् २००० डिसेम्बर १८ लाई आप्रवासन दिवसका रुपमा मनाउने निर्णय गरेको ।
– सन् २०१९ डिसेम्बर १८ मा नेपालमा मनाइएको आप्रवासन कामदार दिवसको नारा ‘सीप र रोजगार, आर्थिक समृद्धिको आधार’ थियो ।
– सन् १९९० डिसेम्बर १८ का दिन राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारका सस्यहरुको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरको थिया । सो महासन्धि सन् २००३ जुलाई १ बाट कार्यान्वयनमा आएको थियो ।

४. पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाइएको
– सन् २०१९ डिसेम्बर १७
– पाकिस्तानको विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको – राष्ट्रद्रोहीको अभियोगमा तीनजाना न्यायाधीशको इजलासले सजाय सुनाएको,
–सन् २०१३ देखि मुद्दा मुल्तवीमा रहेको, सन् २०१९ मा रक्तपातरहित सैनिक विद्रोहबाट सत्ता कब्जा गरेका मुसर्रफले सन् २००१ द्येखि २००८ सम्म राष्ट्रपतिको हैसियतमा सेवा गरेको । सन् २०१६ मा स्वास्थ्य उपचारका लागि विदेश जाने अनुमति पाएपछि पाकिस्तान छोडेका उनी हाल दुबईमा छन् । उनी विरुद्द लागाइएको महाअभियोग सन् २००७ मा उनले संविधान निलम्बन गरेको घटनासँग सम्बन्धित छ । सन् १९९८ मा मुसर्रफले पाकिस्तानी सेनाको नेतृत्व लिएका थिए ।

– पूर्व सैन्य प्रमुखलाई देशद्रोहको मामिलामा दाषी ठहर्याइ मृत्युदण्ड सुनाएको यो पहिलो घटना हो ।

५. रुसद्वारा ध्वनिभन्दा तिव्रगतिको क्षेप्यास्त्र जडान
– २०१९ डिसेम्बर २७
– पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने जानकारी
– हाइपरसोनिक अभानगार्ड नामक क्षेप्यास्त्रहरु जडान
– क्षेप्यास्त्रहरुमा ग्लाइड प्रणाली राखिएको जसले प्रहार गर्न सहज बनाउँछ ।
– अभानगार्डलाई सन् २०१८ को मार्चमा सार्वजनिक गरेको र डिसेम्बरमा परीक्षण गरिएको ।
– अभानगार्डले दुई मेगा टन सम्मको परमाणु अस्त्र बोक्न सक्ने ।

६. विश्वकै कान्छी प्रधानमन्त्री
फिनल्याण्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै कम उमेरकी प्रधानमन्त्री पदमा चयन भएकी हुन् । प्रधानमन्त्री आन्ती रिन्नेले पद तयाग गरेपछि सोसल डेमोक्र्याटिक पार्टीले मरिनलाई प्रधानमन्त्री चयन गरेको होे । फिनल्याण्डको गठबन्धन सरकारमा ५ दल सहभागी छन् । सबै दलको नेतृत्व महिलाले गरेका छन् ।

६ . ‘पर्सन अफ द इयर–२०१९’
– सन् २०१९ को पर्सन अफ द इयरमा विश्वकै कान्छी किशोरी ग्रेटा थनबर्ग घोषित भएकी छन् । स्विडेसकी किशोरी थनबर्ग जलवायु परिवर्तन सम्बन्धी विस्वव्यापी अभियानमा प्ररणदायी पात्र बनेकी हुन् । उनीे १६ वर्षकै उमेरमा म्याड्रिममा चलिरहेको संयुक्तराष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा बोलेकी थिइन् । सम्मेलनमा उनले नेताहरुलाई आक्रोशपूर्ण मन्तव्य सुनाएकी थिइन् । उनले नेताहरुलाई खोक्रा शब्दहरुले तपाईँहरुले हाम्रो, मेरो बाल्यकार चोर्नुभएको छ , हामी तपाईँहरुलाई हेरीरहेका छौं भन्ने अभिव्यक्ति दिएकी थिइन् ।
उनले गत वर्ष स्वीडिस सांसदबाहिर धर्ना बसेर वातावरणसम्बन्धी हड्ताल सुरु गरेकी थिइन् । जसले गर्दा सामाजिक सञ्जालमा ‘फ्राइडे फर फ्युचर’ शब्दावलीलालाई चर्चित विश्वव्यवपी अभियान बनाएको थियो ।

७. ‘मार्सइन्साइट’
– मंगल ग्रहको भित्री भागसम्म अनुसन्धान गर्ने उदेश्यका साथ अमेरिकी अन्तरीक्ष संस्था नासाद्वारा प्रक्षेपित यान
(– सन् २०१८ मे ५ मा प्रक्षेपित यान नोभेम्बर २७ करिब सात महिनामा मंगल ग्रहको सतहमा पुगेको)

८.  घुम्नै पर्ने १० देशको सूचीमा नेपाल
–पहिलो स्थानमा
– फोर्ब्सले सन् २०२० मा घुम्नै पर्ने दश देशको सूची सन् २०१९ डिसेम्बरमा सार्वजनिक गरेको थियो । जसमा नेपाल पहिलो नम्बरमा परेको छ ।

९. थिंक ट्यांकको सचिवालय
– मंगोलिया

१०. संयुक्त राष्ट्रसंघको अस्थायी सदस्य राष्ट्रहरु
– सन् २०१९ जनवरी १ देखि सन् २०२० डिसेम्बर ३१ सम्मको अवधिका लागि पाँच वटा सदस्यराष्ट्रहरु छनोट भएका छन् ।
– जर्मनी, बेल्जियम, डोमिनिकन रिपब्लिक, इन्डोनेसिया र दक्षिण अफ्रिका ।

११.  क्युबाको इतिहासमा चार दशकपछि प्रधानमन्त्री पदमा नियुक्त व्यक्ति
म्यानुअल मार्रेरो क्रुज
– सन् २०१९ डिसेम्बर २२ मा राष्ट्रपति मिगेल डियाजक्यानले पर्यटनमन्त्री मार्रेरो क्रुजलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
– सन् १९७६ मा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोले प्रधानमन्त्री पद हटाएका थिए ।
– क्युबामा सन् २०१९ को सुरुमा पारित नयाँ संविधानले प्रधानमन्त्रीको पदलाई पुनः स्थापित गरेको थियो ।

लोक सेवा सम्बन्धी थप सामग्री हेर्नको  यहाँ क्लिक गर्नुहोस्

 

 

Tags :
प्रतिक्रिया दिनुहोस